×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोल्छा समुहको रघुपति जुटमिलले तिरेन १५ करोड वक्यौता रकम, विधुत प्राधिकरणले काट्यो लाइन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गोल्छा समुहको रघुपति जुटमिलले तिरेन १५ करोड वक्यौता रकम, विधुत प्राधिकरणले काट्यो लाइन

Artha Sarokar

५ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले रघुपति जुट मिलको लाइन काटेको छ । प्राधिकरणको विराटनगर वितरण केन्द्रले मिलले डिटेकेटेड लाइनको १५ करोड ५५ लाख ६८ हजार रुपैयाँ वक्यौता रकम लामो समयदेखि नतिरेकाले बुधबार लाइन काटेको हो ।
केन्द्रका प्रमुख राजीवकुमार सिंहले दिएको जानकारी अनुसार करिब १० बजे ग्राहक नम्बर ०९–२४–५५३ रहेको उद्योगको लाइन काटिएको हो । सिंहले अदालतको आदेशअनुसार नै लाइन काटिएको बताए । जुट मिलले २०७२ साल साउनदेखि हालसम्म ट्रंक लाइन प्रयोग गरेबापत थप दस्तुरबाहेक १५ करोड ५५ लाख ६८ हजार रुपैयाँ तिर्न बाँकी थियो । तर मिलले गत कात्तिकसम्मको ११ करोड ९१ लाख रुपैयाँ ४४ किस्तामा तिर्ने सहमति गरेको थियो । सो अनुसार पैसा नतिरेपछि लाइन काटिएको प्रमुख सिंहले बताएका छन् । रघुपति जुटमिल गोल्छा समूह अन्तर्गतको कम्पनी हो ।
प्राधिकरणले गैरकानुनी रूपमा महसुल असुल गर्न लागेको भन्दै उद्योग पाटन र विराटनगर उच्च अदालतमा मुद्दा दायर गरेको थियो । पाटनले यसअघि नै प्राधिकरणको पक्षमा फैसला गरेको थियो । गत फागुन ५ गते विराटनगरले पनि उद्योगको मुद्दा खारेज गरेपछि प्राधिकरणलाई लाइन काटेर महसुल उठाउने बाटो खुला भएको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी