
राजविराज – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न सप्तरीको राजबिराज नगरपालिकाले विभिन्न वडाहरुमा किटनाशक औषधी छर्किएको छ । राजबिराज नगरपालिकाको प्रत्येक वडाका बजार क्षेत्रमा किटनाशक औषधी छर्किएको हो । बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमणलाई नगर क्षेत्रभित्र फैलन नदिन किटनाशक औषधी छर्न शुरु गरिएको नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले बताउनुभयो । अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन तथा सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन महानगरबासीसँग उहाँले आग्रह समेत गर्नुभयो । जारी लकडाउनको पूर्ण पालना गर्न र कुनै पनि बहानामा अवज्ञा नगर्न प्रमुख यादवले नगरवासीसँग विशेष आग्रह गर्नुभयो ।
सोडियम हाइड्रोक्लोरेडलाई पानीमा मिसाएर छर्किएकाले यसले लामखुट्टे लगायतका किटाणु मर्ने र रोगको सङ्क्रमण हुन नदिने नगरपालिकाले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्