×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली नोट दिएर गोरु किन्ने दुई जना रामेछापबाट पक्राउ, नोट कहाँबाट कसरी रामेछाप पुग्यो ? भन्ने कुराको अनुसन्धान हुँदै !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नक्कली नोट दिएर गोरु किन्ने दुई जना रामेछापबाट पक्राउ, नोट कहाँबाट कसरी रामेछाप पुग्यो ? भन्ने कुराको अनुसन्धान हुँदै !

Artha Sarokar

६ चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रामेछाप । नक्कली नोट दिएर गोरु किन्ने २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खाँडादेवीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले एक लाख २२ हजार नक्कली नोटसहित खाँडादेवी गाउँपालिका–१ का ढकलबहादुर तामाङ र सोही गाँउपालिका २ वडा लामागुफाका सार्की तामाङलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुले गाउँघरका सोझासाझा सर्वसाधारणलाई झुक्याएर गोरु खरिद गरी नक्कली नोटबाट भुक्तान गरेका थिए । विशेष सुचना पाएपछि प्रहरीले उनिहरुमाथी अप्रेशन चलाएको थियो । 
उक्त नक्कली नोट कहाँबाट कसरी रामेछाप पुग्यो ? भन्ने कुराको अनुसन्धान भईरहेको र नक्कली नोटको मुख्य कारोबारीसम्म पुग्ने गरी अनुसन्धान हुने जिल्लाका डिएसपी बसन्त पाठकले बताए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी