×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले बढायो डिजिटल कारोबारको सीमा (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राष्ट्र बैंकले बढायो डिजिटल कारोबारको सीमा (विस्तृत विवरणसहित)

Artha Sarokar

९ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारको सिमा बढाएको छ ।  केन्द्रिय बैंकले आइतबार परिपत्र जारी गर्दै डिजिटल भुक्तानी सेवाको सीमा बढाएको जनाएको हो । सो परिपत्रका अनुसार अब मोबाइल तथा इन्टरनेटका माध्यमबाट गरिने र मोबाइल वालेटको माध्यमबाट गरिने फन्ड ट्रान्सफरको सीमा बढ्ने भएको हाे।
बैंकले मोबाइल बैंकिङ (क्युआर कोड समेत) बाट गर्ने कारोबारको सीमा दैनिक ५० हजारबाट बढाएर १ लाख र प्रतिमहिना २ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्याएको छ । इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को कारोबार सीमा भने यथावत राखेको छ । यस्तै, मोबाइल वालेटबाट अन्य बैंक खातामा रकम ट्रान्सफर अथवा भुक्तानी गर्ने सीमा पनि प्रति कारोबार २५ हजार, प्रतिदिन एक लाख र प्रति महिना ५ लाख पुर्यााएको छ । यसअघि यस्तो कारोबारको सीमा प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजार मात्रै रहेको थियो ।
बैंकले एक वालेटबाट अर्को वालेटमा रकम ट्रान्सफर गर्ने सीमा पनि बढाएको छ । यसअघि प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजारको मात्रै कारोबार गर्न सकिने व्यवस्था रहेकोमा अब प्रति कारोबार २५ हजार, प्रति दिन ५० हजार र प्रति महिना ५ लाख सम्म कारोबार गर्न सकिने भएको छ ।
इन्टरनेट बैंकिङ मर्चेन्ट पेमेन्टको सीमा प्रति दिन १० लाख र प्रतिमहिना ३० लाख रहेको छ भने इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्फरको सीमा प्रति दिन १० लाख र प्रति महिना ५० लाखसम्म रहेको छ । यता एजेन्ट वा सब एजेन्टबाट र बैंक खाताबाट वालेटमा रकम ट्रान्सफर गर्ने कारोबारको सीमा भने यथावत रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी