Skip to content
LAXMI SUNRISE BANK

केन्द्रीय बैंकले १० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने, आजै अपराह्न ३ बजे बोलकबोल !

अर्थ सरोकार

काठमाडौं – केन्द्रिय बैंकले १० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्ष अवधिको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

बैंकले ९१ दिनको लागि ४ अर्ब ३ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गर्न लागेको हो भने यो ट्रेजरी २०७७ असार ९ गते परिपक्व हुनेछ । १८२ दिनको लागि ४ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी हुने भएको हो ।  यो ट्रेजरी २०७७ असोज ६ गते परिपक्क हुँदैछ ।  यस्तै  केन्द्रीय बैंकका अनुसार १ वर्षको लागि २ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्नेछ । यो ट्रेजरी २०७७ चैत १० गते परिपक्व हुनेछ । मंगलबार जारी हुने उक्त ट्रेजरी बिलका लागि सोमबार (चैत १० गते) अपराह्न ३ बजे बोलकबोल हुनेछ ।
राष्ट्र बैंकले जारी गर्ने ट्रेजरी बिलमा सबैअ वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK