×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकद्वारा ऋण नतिर्नेमाथि ३५ दिने सूचना जारी : हेर्नुहोस् क-कसले तिरेनन् ऋण ?

PRIME CA
GLOBAL IME BANK

राष्ट्रिय वाणिज्य बैंकद्वारा ऋण नतिर्नेमाथि ३५ दिने सूचना जारी : हेर्नुहोस् क-कसले तिरेनन् ऋण ?

४ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ऋण नतिर्नेहरुका लागि ३५ दिने सूचना जारी गरेको छ । मंगलबार बैंकले सूचना जारी गर्दै  ऋण नतिर्नेहरु व्यवसायी तथा निजी कर्जा लिएकाहरुलाई  ३५ दिन भित्र ऋण तिर्न आउन भनेको छ ।  बैंकले उक्त समयमा ऋण तिर्न नआए धितोमा राखिएको सम्पत्ति लिलामी गरिने पनि जानकारी गराएको छ ।
बैंकले विभिन्न शाखाबात १२ व्यवसायीक फर्म तथा ओभर ड्राफ्ट लिएकाहरुलाइ ऋण तिर्न आउन भनेको हो । उक्त कम्पनीबाट बैंकले कूल २१ करोड ७३ लाख ६९ हजार २८८ रुपैयाँ ऋण उठाउ बाँकी छ । सिद्धार्थ निर्माण सेवा ५ करोड ८७ लाख २२ हजार, अनमोल शु एण्ड सेन्डल ४८ लाख २ हजार, फेसन कलेक्सन महोत्तरी ६१ लाख ३५ हजार ४००, मञ्जु बस्त्रालय ४४ लाख ११ हजार ८००, नेशनल विवि सेन्टर ३३ लाख ८० हजार र टाइगर स्टोर कालीकोटले १० लाख ६ हजार रुपैयाँ ऋण लिएका थिए । 
यस्तै बैंकको धनगढी शाखाबाट सन्ध्या ट्रेडर्सले १ करोड १६ लाख र ८२ लाख ३५ हजार ५०० रुपैयाँ ऋण, घर कर्जावापत सीताकुमारी शाही १ करोड २४ लाख ८७ हजार, करुणा स्टोर ५६ लाख ९० हजार, रिडल ट्रेडर्स एण्ड शु मेटरियल्स २३ लाख ४ हजार, दीप्ती सपिङ ७४ लाख ६१ हजार २००, र ९३ लाख ७१ हजार ३०० ऋण लिएका थिए । त्यसैगरी बैंकको बालाजु शाखा कार्यालयबाट ऋण लिई काठमाडौं बिजनेश टे«डर्स कम्पनी सञ्चालन गरिरहेको व्यवसायीक फर्मले ७ करोड १० लाख ३५ हजार र १ करोड सात लाख २५ हजार ऋण तिर्न बाँकी छ । यी कम्पनीहरुले लामो समयसम्म ऋण तिरेपछि बैंकले ३५ दिने सूचना जारी गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: