
काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित १८ सांसदहरुले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । बुधबार बिहान संसदको ल्होत्से हलमा आयोजित एक कार्यक्रमबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुलाई शपथ गराएका हुन् ।
मंगलबार राष्ट्रियसभाका १८ जना संसदहरुको कार्यकाल सकिएको थियो। शपथग्रहणपछि नवनियुक्त सदस्यहरुलाई संविधान, ऐन, कानुनलगायत दस्तावेज भएको झोला हस्तान्तरण गरिएको थियो।
शपथग्रहण लिनेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इन्दिरा देवी गौतम, गोपीबहादुर सार्की आछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, गङ्गाकुमारी बेलबासे, वेदुराम भुसाल, भगवती न्यौपाने, नारायण काजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँर छन्।
यस्तै राष्ट्रिय जनता पार्टी नेपालका शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादवले पनि शपथ लिएका छन्। उनीहरु दुवै जनाले मैथिली भाषामा शपथ लिएका थिए भने राष्ट्रपतिबाट मनोनित हुने एक जनाको चयन हुन बाँकी छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्