×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको त्रास राष्ट्रियसभामा : बैठक अनिश्चितकालका लागि स्थगित, संघीय संसदका दुवै सदनको बैठक पनि नहुने

PRIME CA

कोरोनाको त्रास राष्ट्रियसभामा : बैठक अनिश्चितकालका लागि स्थगित, संघीय संसदका दुवै सदनको बैठक पनि नहुने

७ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको जोखिम नियन्त्रण गर्नका लागि राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । 
बिहीबार राष्ट्रियसभा बैठक बसे पनि शुक्रबारबाट भने अनिश्चतकालसम्मका लागि स्थगित गरिएको हो ।
राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालका अनुसार बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको हो । सरकारले बुधबार २५ जनाभन्दा बढी भेलामा प्रतिबन्ध लगाएसँगै यसअघि राज्यव्यव्स्था समिति बैठकमा २५ जनाभन्दा बढी भएपछि बिहीबार स्थगित भएको थियो । यस्तै संघीय संसदका दुवै सदनको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत १३ गतेलाई सारिएको छ ।
यस्तै सरकारले सरकारले कोरोना भाइरसले विश्वएव्यापी रुप लिएपछि विभिन्न कुरामा प्रतिबन्ध लगाएको छ । एसईई परिक्षा स्थगित गरेको छ भने विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा स्थगित गरिएको छ । लोक सेवा आयोगले पनि चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । सरकारले बुधबार २५ जनाभन्दा बढी भेलामा प्रतिबन्ध लगाएको छ । यस्तै  सर्वसाधारणलाई भिडभाड हुने ठाउँमा नजान अपिल गरेको छ । मनकामना केबुलकारले पनि सेवा बन्द गरेको छ। सरकारले शुक्रबारबाट सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल बन्द गर्ने निर्णय गरेको थियो ।  कोरोना प्रभावित ६६ देशबाट नेपाल आउन पनि रोक लगाएको छ । फिल्म हल, जिम र डान्सबार बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: