एजेन्सी – विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेको बेला रसियामा भने आज विहानै शक्तिशाली भुकम्प गएको छ । रसियाली समाचार संस्था मस्को टाईम्सका अनुसार रसियाको कुरिल द्धीपमा बुधवार विहान स्थानीय समय अनुसार २ः४९ बजे ७.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
भुकम्पपछि सुनामीको आशंकामा तटिय क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई सचेत हुन भनिएको छ । रसियाली शहर सेभेरो कुरिल्स्कबाट दक्षिणपूर्वमा रहेको समुन्द्रको पिँधमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको हो । भुकम्पको गहिराई ५९ किमी रहेको जनाइएको छ ।
भुकम्पले मानवीय तथा भौतिक भएको विवरणबारे केही उल्लेख गरिएको छैन । भुकम्प बीमा व्यवसायका लागि सबैभन्दा धेरै जोखिमयुक्त प्राकृतिक विपत्ति हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्