काठमाडौं । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको चौधौं वार्षिक साधारण सभा स्थगित भएको छ । कोरोना भाइरसका कारण एसोसिएसनको वार्षिक साधारण सभा स्थगित भएको हो ।
एसोसिएसनको साधारण सभा चैत २१ गते हुने भनिएको थियो । सरकारले २५ जनाभन्दा बढी भेलामा प्रतिबन्ध लगाएसँगै साधारण सभा स्थगित गरिएको एसोसिएसनले सूचनामार्फत जानकारी दिएको छ ।
डेभलपमेन्ट बैंकर्स एसोसिएसनले एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मको लागि उक्त साधारण सभा स्थगित गरिएको जानकारी दिएका हो ।