काठमाडौं – सहारा विकास बैंकको संस्थापक सेयर चैत १२ गतेदेखि लिलामीमा आउने भएको छ । बैंकले ९ लाख २१ हजार १४८.७० कित्ता संस्थापक सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो । बैंकले यसअघि बिक्रीमा ल्याउँदा सबै सेयर बिक्री नभएकोले बाँकी रहेको सेयर पुनः सर्वसाधारणले भर्न पाउने गरी बिक्रीमा ल्याउन लागेको हो ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसका शाखा कार्यालय पुतलीसडक, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको बागलुङबाट आवेदन दिन सक्नेछन् । सहारा विकास बैंकको मलंगवा, बरहथहवा, इश्वरपुर, लालबन्दी र गोडैता शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
बैंकको यो सेयरमा लगानीकर्ताले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्र पेश गर्नुपर्नेछ । यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यो सेयरमा आवेदन दिने अन्तिम म्याद चैत १९ गते रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्