Skip to content
LAXMI SUNRISE BANK

अर्थ सरोकार समाचार प्रभाव : ऋणीको हस्ताक्षर किर्ते गर्ने कैलाशका कर्मचारीमाथि कार्वाही !

अर्थ सरोकार


काठमाडौँ । कैलाश बिकास बैंकको वालिङ शाखाका एक कर्मचारीले ऋणी लीला कंडेलको हस्ताक्षर किर्ते गरी लिलामी प्रक्रिया अगाडी बढाएको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि कैलाश बिकास बैंकबाट इन्सपेक्सन टोली उक्त शाखामा पुगेको थियो । 
अर्थ सरोकार टिमले स्थलगत रिपोर्ट नै गरेर ऋणीमाथि भएको अन्यायका बारेमा बोलेको थियो । त्यसपछि वालिङ शाखा पुगेको बैंकको टोलीले बैंकका कर्मचारी जीवन कुमार मल्लले ऋणीको हस्ताक्षर किर्ते गरेको ठहर गरी कार्वाहीको सिफारिस गरेको थियो । उक्त टोलीले अर्थ सरोकारले गरेको स्थलगत रिपोर्टमा समेत सत्यता भएको ब्रिफिङ व्यवस्थापनसमक्ष गरेपछि उनलाई कार्वाही गरिएको हो ।
जीवन कुमार मल्लसहित बैंकका उक्त शाखाका शाखा प्रबन्धक मोति कुँवरलाई समेत बैंकले कार्वाही गरेको छ । अर्थ सरोकार डटकमसँग कुरा गर्दै उनले आफु र जीवन कुमार मल्लमाथि बैंकले कारवाही गरेको र दुइ जनालाई नै बैंकले सस्पेन्ड गरेको स्वीकारेका छन् । उनीहरुलाई कार्वाहीको पत्र सम्बन्धित व्यक्तिहरुको हातमा पुगिसकेको छ ।

यद्यपी बैंकको कार्वाहीले मात्र नपुग्ने भन्दै पीडीत दिपेन्द्र कंडेल बैंकका कर्मचारीलाई अदालतमा मुद्धा हाल्ने तयारीमा छन् । बैंकलेसमेत कार्वाही गरिसकेकाले अव यस्तो गलत काम गर्ने कर्मचारीले सजाय पाउने सम्भावना निकै बढेको छ ।  

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK