×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजार अनुगमनलाई प्रभावकारी रुपमा अगाडी बढाउन सांसदहरुको आग्रह

PRIME CA
GLOBAL IME BANK

बजार अनुगमनलाई प्रभावकारी रुपमा अगाडी बढाउन सांसदहरुको आग्रह

५ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – सांसदहरुले सरकारलाई बजार अनुगमनलाई प्रभावकारी रुपमा अगाडी बढाउन आग्रह गरेका छन् । उद्योग तथा वाणिज्य र श्रम तथ उपभोक्ता हित समिति बैठकमा कोरोना त्रासले आपूर्ति व्यवस्थापनमा पारेको प्रभावका विषयमा भएको छलफलमा सांसदहरुले यस्तो बताएका हुन् । सांसद सुजाता परियारले कालोबजारी भएको सूचना पाउने वित्तिकै कारवाहीका लागि एक्सन लिनुपर्ने बताउनुभयो । १०० नम्बरमा फोन दर्ता प्रहरी तत्काल आउने गरेको उल्लेख गर्दै उहाँले कालोबजारी भएको सूचना दिने र तत्काल कारवाहीका लागि सम्बन्धित निकाय उपस्थित हुने व्यवस्था गर्नुपर्ने बताउनुभयो । संकटको बेला ठग्ने काम भएको उल्लेख गर्दै उहाँले बजार अनुगमनको काम प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
सांसद देवेन्द्र पौडेलले कुनै पनि वस्तुको कमि हुने नदिने प्रतिवद्धता सम्बन्धित मन्त्रालयले गर्नुपर्ने बताउनुभयो । बजारमा कुनै अभाव नभएको र सीमानाकाबाट निर्वाध रुपमा सामान आयात भइरहेको सूचना प्रभावकारी रुपमा दिनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
सांसद सोमप्रसाद पाण्डेले बजारको माग र आपूर्तिको अवस्थाका विषयमा विवरण सार्वजनिक गर्नुपर्ने बताउनुभयो । विश्वका धेरे देशमा संकट आएपछि ‘लक डाउन’ गरिएको अवस्था स्मरण गर्दै उहाँले भोली नेपालमा संकट आएको अवस्थामा भण्डारणको अवस्था के छ भन्ने कुराको जानकारी हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।
सांसद भिमसेनदास प्रधानले धेरै मान्छेहरु सहभागि हुने ठाउँहरुमा तत्काल बन्द गर्नुपर्ने बताउनुभयो । सभा सम्मेलन, बार, सिनेमा घर तथा क्लबहरु तत्काल बन्द गर्न राज्य शसक्त भएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
समिति सभापति विमल प्रसाद श्रीवास्तवले बजार अनुगमनलाई तिव्रता दिनुपर्ने र बाहिर आएका अफवाह हटाउने गरी प्रचार प्रसार व्यापक रुपमा गर्न निर्देशन दिनुभयो । कालोबजारीहरुले त्रासको वातावरण सिर्जना गरेको उल्लेख गर्दै उहाँले कारवाहीका लागि अग्रसर हुन आग्रह गर्नुभयो ।
समिति बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजार अनुगमनमा मन्त्रालय र विभाग कर्मचारीहरु खटिएको बताउनुभएको छ । कालोबजारीका विषयमा कुनै जानकारी भए सूचना दिन आग्रह गर्दै उहाँले कृत्रिम अभाव सिर्जना गर्ने र बढी मूल्य लिएर सामान बेच्ने कसैलाई पनि नछाड्ने चेतावनी दिनुभयो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: