×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानालाई ऐन, ठुलालाई चैन ? प्रधानमन्त्री ओलीसहित यी १२ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक किन भएन ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सानालाई ऐन, ठुलालाई चैन ? प्रधानमन्त्री ओलीसहित यी १२ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक किन भएन ?

२७ फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अहिले धमाधम राजनीतिक पार्टीका व्यक्तिहरुको सम्पतिमाथि अनुसन्धान भइरहेको छ । तर पनि अझैं प्रधानमन्त्रीसहित १२ नयाँ मन्त्रीको सम्पत्ति विवरण भने सार्वजनिक भएको छैन । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गत मंसिरमा सरकार पुनर्गठनका बेला नियुक्त भएका नयाँ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छैन । यसले सानालाई ऐन लाग्छ तर ठुलालाई चैन छ भन्ने पूरानो उखानलाई चरितार्थ गरेको छ । यसरी प्रधानमन्त्रीसहितका मन्त्रीहरुको सम्पत्ति सार्वजनिक नहुनुले नेपालको सिष्टममाथि नै धावा बोलिएको विश्लेषण पनि जानकारहरुले गर्न थालेका छन् । 
को-को छन् सम्पत्ति विवरण नबुझाउनेहरु ?
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसाल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शिवमाया तुम्बाहाम्फे, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री वसन्त कुमार नेम्वाङ, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र राज्यमन्त्री मोतीलाल दुगड, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन । यता कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शिवकुमारी तुम्बाहाङफेले सम्पत्ति विवरण सार्वजनिक गर्ने समय भने अझै बाँकी छ । 
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रवक्ता भन्छन्,म ‘यसबारे थाहा भएन’
यस विषयमा बुझ्न हामीले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलसँग सम्पर्क गरेका थियौँ।  तर उनले यस विषयमा आफुलाई थाहा नभएको र बुझेर जानकारी दिने बताए । उनको जवाफ र मन्त्रीहरुले सम्पत्ति विवरण नबुझाएको यथार्थताले कानुनकै धज्जी उडाएको जानकारहरुको विश्लेषण छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: