Skip to content
LAXMI SUNRISE BANK

विदेशी विनिमय मुद्दामा फरार साङ्डोमा शेर्पा पक्राउ, फैसला कार्यान्वयनका लागि केन्द्रिय कारागार पठाइयो

अर्थ सरोकार

काठमाडौ। साढे पाँच वर्षदेखि फरार रहेकी साङ्डोमा शेर्पालाई केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको छ । विदेशी मुद्रा अपचलन गरेकी शेर्पालाई सिआइबीले आइतबार राजधानीको स्वयम्भूबाट पक्राउ गरेको हो । 
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका – ३ बस्ने ३७ बर्षिया प्रतिवादी शेर्पालाई सिन्धुपाल्चोक जिल्ला अदालतले २०७१ साउन २० गते उनलाई ६८ लाख ६२ हजार ४ सय १३ रूपैयाँ ६० पैसा जरिवाना हुने ठहर गरेको थियो । त्यसपछि उनी फरार रहेकी थिन् । प्रहरीले  भने उनलाई खोजीको सूचीमा राखेको थियो । जस अनुसार  सिआइबीले उनलाई  पक्राउ गर्न सफल भएको छ । उनलाई फैसला कार्यान्वयनका लागि केन्द्रिय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK