
काठमाडौँ । सानिमा बैंक पत्रकारिता पुरस्कार रद्ध भएको छ । बैंकको बदमासीबारे चौतर्फी आलोचना भएपछि उक्त पत्रकारिता पुरस्कार रद्ध भएको हो । सानिमा बैंक र प्रेस काउन्सिल नेपालबीच वि.सं. २०७० सालमा भएको पाँच लाख राशीको पत्रकारिता पुरस्कार सम्बन्धी सम्झौता प्रेस काउन्सिल नेपालको २०७६ फागुन २२ गते बसेको बोर्ड बैठकले भंग गर्ने निर्णय गरेको काउन्सिलका एक अधिकारीले अर्थ सरोकार डटकमलाई बताए ।
२०७० सालमा सानिमा बैंक र प्रेस काउन्सिल नेपालबीच सम्झौता हुँदा प्रत्येक वर्ष रु. ५,००००० का दरले पुरस्कार दिने भनिएता पनि बैंकले ६ वर्षको अवधिमा अहिलेसम्म दुई पटक मात्र पुरस्कार वितरण गरेको थियो । अझ एक पटक त दोलखामा सानिमा बैंकले गरेको एक कर्तुतको समाचार रोक्ने पत्रकारलाई बैंकले उक्त पुरस्कारको सिफारिस गर्ने गरेको थियो । सानिमा बैंक, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुले पुरस्कार छनौट गर्दै आएका थिए ।
पुरस्कारलाई देखाएर यस्तोसम्म बदमासी गर्ने रहेछ सानिमा बैंकले !
सानिमा बैंकले एकातर्फ सम्झौताको उल्लं गरेको छ भने अर्कोतर्फ यहि पुरस्कारको विषयलाई लिएर पत्रकारको आँखामा समेत छारो हाल्ने गरेको छ । सोहि पुरस्कारको ढाडस देखाएर विभिन्न संचारमाध्यमलाई व्यावसायिक विज्ञापनसमेत दिन रोकेको भन्दै ठुला मिडियाले समेत यसको विरोध गर्दै आएका थिए । नेपाल पत्रकार महासंघ समेत सो पुरस्कार छनौट समितिबाट अलग भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्