
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडमा कामू प्रमुख कार्यकारी अधिकृत जिम्मेवारी पाएका सन्तोष कोइरालाले आज (आइतबार)देखि पदभार ग्रहण गरेका छन् । ४ वर्षका लागि सीइओमा नियुक्त भएका सुमन शर्माले व्यक्तिगत कारण देखाउँदै २ वर्ष नपुग्दै बैंक छोडेपछि कोइरालालाई अर्को व्यवस्था नहुँदासम्म कामू सीईओको जिम्मेवारी दिने निर्णय बैंकको संचालक समितिको बैठकले गरेको थियो । सोहि अनुसार कोइरालाले आइतबारदेखि पदभार ग्रहण गरेका हुन्।
कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका कोइराला दुई वर्षदेखि नायव प्रमुख कार्यकारीको भूमिकामा थिए । उनले सोहि बैंकमा मात्रै कोइरालाले ७ वर्ष काम गरेका छन् । बैंक अफ काठमाण्डू, सानिमा बैंक हुँदै माछापुच्छ्रे बैंक गएका उनी बिगत २१ वर्षदेखि बैंकिङमा छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्