
जनकपुरधाम । कोरोना सन्त्रासका बीच सरकारले लकडाउन गर्दा पनि प्रदेश नम्बर २ का जनताले लकडाउन उल्लंघन गरेपछि सडकहरुमा सेना परिचालन गरिएको देखिएको छ । जनताले लकडाउनको अवज्ञा गरेको र प्रहरीको संख्या अपुग भएको भन्दै सेनालाई पनि खटाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनार्दन कट्टेलले जानकारी दिए । सर्वसाधारण घर बाहिर आउँदा उनीहरुलाई सम्झाएर घरभित्रै बस्न सुरक्षाकर्मीले आग्रह गरिरहेको प्रशासकीय अधिकृत कट्टेलले बताए ।
जनकपुरधाममा बिहानैदेखि मोटरसाइकल गुडाउन बन्द नभएपछि प्रशासनले यसतर्फ चासो लिएको छ । ‘घरभित्र बस्नुपर्ने कुरा आफैंले बुझ्नुपर्ने हो’ धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भने, “नबुझेको खण्डमा हामी सम्झाइ बुझाइ गर्छाैं ।’ उनले सम्झाउँदा पनि मोटरसाइकल गुडाउन नछाड्नेको चाबी नियन्त्रणमा लिने बताए । ‘चाबी नियन्त्रणमा लिएर एक सातासम्म राख्न लाउँछौं’ उनले भने ।कोरोना संक्रमणबाट बच्न घरमै बस्नुपर्ने सरकारी निर्णयलाई अटेरी गरिरहे प्रदेश २ मा कर्फ्यू नै लगाउने मनस्थितिमा स्थानीय प्रशनसन पुगेको छ । बिहानैदेखि घरबाट बाहिरने क्रम बढेको छ जानकारी दिदै प्रदेश २ का प्रहरी प्रमुख डीआइजी प्रधुम्न कार्कीले भने, ‘अवस्था यस्तै रहे हामी कर्फ्यू लगाएर भएपनि सबैलाई घरमा बस्न लगाउछौ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्