×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेवाहे धर्म ख:’… सलाम ! यी सहयोगी युवाहरुलाई जो दिनरात नभनी कोरोनाको सचेतना अभियानमा छन्…! (भिडियो)

PRIME CA
GLOBAL IME BANK

‘सेवाहे धर्म ख:’… सलाम ! यी सहयोगी युवाहरुलाई जो दिनरात नभनी कोरोनाको सचेतना अभियानमा छन्…! (भिडियो)

१८ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

भक्तपुर । माहामारीको रुपमा विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारमा स्वयं चिकित्सक नै डराईरहेका बेला भक्तपुरका केही युवा भने जनचेतना फैलाउने काममा सक्रिय भएका छन् ।आर एन ए १६ समूहका युवाहरु कोरोना संक्रमणबाट बच्ने उपाय सिकाउनुको साथै कोरोना संक्रमणको जस्तै लक्षण देखिएका व्यक्तिको उद्धार र सहयोगमा जुटेका छन् । भक्तपुर नगरपालिकाका अरुण सैंजू, राजेश गाइजू, न्हुज किजू, दीप थकू र पुनम कर्मचार्यको दिनचर्या भक्तपुर अस्पताल परिसरमा टाँगिएको त्रिपालमा वित्ने गरेको छ । उनीहरु २४ सै घण्टा त्यहीं बसेर सेवा दिदैं आएका छन् । 
भक्तपुर अस्पताल, नेपाल प्रहरी र नेपाली सेनाको सहकार्यमा आफूहरु कोरोना भाइरसका शंकास्पद संक्रमितको सहयोगमा खटिएको अरुण सैंजुले बताए । कोरोनाको जस्तै लक्षण देखिएका व्यक्तिको घरसम्म पुगेर उनीहरुलाई अस्पताल पु¥याउने, यात्रा विवरण बटुल्ने, परीक्षणका लागि स्वाव प्रयोगशालासम्म पुर्याइदिने काममा नै उनीहरुले दिन विताउने गरेका छन् । पेशाले शिक्षक राजेश गाईजु लकडाउन सुरुभएदेखि नै आर एन ए १६ समुहमा आवद्ध भई कोरोना विरुद्धको लडाईमा लागेका हुन् ।
यस्तै समूहमा काम गर्दै आएका अर्का कोरोना विरुद्दका अभियन्ता न्हुज किजुको काम कोरोनाको शंका देखिएका बिरामीको स्वाब परीक्षणका लागि काठमाडौंको टेकुअस्पताल पुग्ने । उनले अहिले पनि ६ जना विरामीको स्वाब परीक्षणका लागि टेकु जाँदै गरेको बताउँदै उनले भने “लक डाउनमा घरमा बस्न मन त थियो तर घरमा बस्दाको भन्दा यहाँ स्वयम सेवा गर्नुको मज्जा नै अलग छ । आफू मात्र बाँचेर भन्दा पनि अरुलाई पनि बचाउनु पर्छ भन्ने भावका साथ २४ सैं घण्टा खटिएको छु ।” यस्तै अर्का अभियन्ता राजेश गाइजुले विदेशबाट आएको र काठमाण्डौ बाहिरबाट आएका ब्यक्तिको ट्राभल हिस्ट्री लिने आवश्यक परामर्श दिनेकाम पनि गरिरहेको बताउनु भयो ।
पेशाले नर्स पुनम कर्माचार्यले टोलीको कम्युनिकेसन संयोजनको रुपमा काम गरेकी छन् । भक्तपुर अस्पताल परिसरमा रहेको त्रिपालमुनि बसेर उनले सबै कामको तालमेल मिलाउने गर्छिन् । हाल सम्म उनीहरुको समूहले २३ जना विरामीको नमुना प्रयोगशाला पुञ्याएको छ । ती मध्ये ११ वटा नमुनाको रिपोर्ट नेगेटिभ आईसकेको छ र बाँकीको आउन बाकी छ । उनीहरु सरकारबाट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगाएर स्वयंसेवामा खटिएका हुन् । उनीहरुले भक्तपुर अस्पताल परिसरमा तीनवटा टेन्ट बनाएका छन् । तीमध्ये एउटा आफूहरु बस्ने, अर्काेमा स्वदेशमै रहेका सम्भावित संक्रमितलाई उपचारका लागि राख्ने र तेस्रोमा विदेशबाट फर्केका सम्भावित संक्रमितलाई राख्ने व्यवस्था गरिएको छ ।
भक्तपुरमा उद्दारकर्मीको पर्यावाचीको रुपमा चिनिदै आएका अरुण सैंजुको नेतृत्वमा सो समूहले बाढी पहिरो तथा विभिन्न प्राकृतिक विपत्तीको समयमा पनि उद्दारको काम गर्दै आएको थियो । यो समुहले समय अनुसार विभिन्न प्रकोपबाट बच्ने उपायबारे विद्यालय एवं गाउँ गाउँमा प्रशिक्षण समेत दिदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: