काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सेयर कारोबार हुने दोश्रो बजारको समयअवधि थप्ने भएको छ। बोर्डले सेयर कारोबारका लागि एकघण्टा थप्ने भएको हो।
धितोपत्र बोर्डले उक्त कारोबारका लागि समय थप्ने सबै तयारी पूरा गरिसकेको र निकट भविष्यमै यो सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने जनाएको छ। बोर्डका अनुसार अब बिहान १०ः३० बजेदेखि बजार खुल्नेछ र दिउँसो ३ः३० बजे बजार बन्द हुनेछ ।
अहिले दोश्रो बजारमा सेयर कारोबार आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म भईरहेको छ। दोश्रो बजारको कारोबार समय थप भएपछि सेयर बजारको विकास र विस्तारमा थप टेवा पुग्ने बोर्डले विश्वास लिएको छ।
लामो समयदेखि कारोबार अवधि कम भएको भन्दै लगानीकर्ताहरुले समय थप्नुपर्ने माग राख्दै आएका थिए। सोहि अनुसार बोर्डले एकघण्टा थप्ने तयारी गरेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्