×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यसकारण बिश्व सेयर बजारमा गयो भिषण पहिरो, विश्लेषक भन्छन्, ‘नेपालको सेयर बजारमा असर गर्दैन’

PRIME CA
GLOBAL IME BANK

यसकारण बिश्व सेयर बजारमा गयो भिषण पहिरो, विश्लेषक भन्छन्, ‘नेपालको सेयर बजारमा असर गर्दैन’

२७ फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बिश्व सेयर बजारमा भिषण पहिरो गएको छ ।  विश्वबजारका अधिकांस सूचकहरुमा भारि गिरावट आएसँगै विश्वभरको आर्थिक स्थितिबारे गम्भीर बहस सुरु हुन थालेको छ ।  एकातर्फ कोरोना प्रकोपको पीरले विश्वलाई ‘थङथिलो’ बनाइरहेका बेला साउदी र रुसबीच तेलको मुल्यमा भएको युद्दले सोमबार बिश्वका सेयरबजारमा भारि गिरावट आएको हो । सोमबार देखिएको गिरावटलाई सन् २००८ को आर्थिक संकटपछिको पहिलो संकटको रुपमा हेरिएको छ । तेलको मुल्यमा आएको गिरावटका कारण सोमबार बिश्वभरका सेयरबजारमा भारि गिरावट आएको जानकारहरुको भनाई छ ।
कुन देशको शेरबजारमा कति गिरावट ?
अन्तर्राष्टिय सञ्चार माध्यमहरुका अनुसार जापानको निक्केइ सूचक पाँच प्रतिशतसम्मले घटेको छ । यता अष्ट्रेलियाको एएसएक्स ७.३ प्रतिशतले घटेको छ । भारतीय सेयर बजारको सूचक पनि सोमबारको सुरुवातमा १६०० अंकले घटेको छ । यता निफ्टि पनि ४५३ अंकले घटेको छ । तेल उत्पादक देशका समुह ओपेक र रुसबीच तेलको मुल्यलाई लिएर देखिएको टकराब अझैं बढ्न सक्ने अनुमानले बिश्वको सेयरबजारलाई ससंकित बनाएको छ । यस्तै अष्ट्रेलियामा सुचिकृत तेल कम्पनी आयल सर्चको सेयर ३१ प्रतिशतसम्मले घटेको छ भने उर्जा फर्म सान्तोसको सेयर मुल्यमा २७ प्रतिशतसम्मको गिरावट आएको छ । 
नेपालमा कस्तो असर पर्ला ?
विश्व बजारमा सेयरबजार घटिरहेको बेला नेपालको सेयरबजारमा भने व्यापक उत्तारचढाव भइरहेको छ । नेपालमा पनि कोरोनाकके त्रास बढिरहेको बेला विश्व बजारमा आएको मन्दीले नेपालमा कस्तो असर पर्ला भन्ने चर्चा सुरु भएको छ । यद्यपी नेपालका विश्लेषक भने नेपालका सेयरबजार अझैं माथि जाने बताइरहेका छन् । ‘विश्वबजारमा आइरहेको मन्दीले नेपालको सेयर बजारमा खास अर्थ नराख्नुपर्ने हो ।  नेपालको सेयर बजार बढ्ने क्रममा छ, बढ्छ ।’ एक सेयर विश्लेषकले अर्थ सरोकार डटकमसँग भने  । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: