×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजारमा भीषण पहिरो गएको दिन यस्तो देखियो ब्रोकर नम्बर ४५ को माहोल… (हेर्नुहोस् फोटो फिचर)

PRIME CA

बजारमा भीषण पहिरो गएको दिन यस्तो देखियो ब्रोकर नम्बर ४५ को माहोल… (हेर्नुहोस् फोटो फिचर)

अर्थ सरोकार

२० फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा ‘नेगेटिभ सर्किट ब्रेक’ लागेको छ । मध्यान्ह १२ः४६ मा नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि नेप्सेले पहिलो सर्किट लगाई ४० मिनेटका लागि कारोबार स्थगन गरेको थियो । तर, फेरी ४० मिनेटको स्थगनपछि खुलेको बजारमा केही मिनेटमै ६ प्रतिशत बढीको गिरावट आएसँगै नेप्सेले १ः२९ देखि अर्को सर्किट लगाउँदै सोमबारको कारोबार नै स्थगित गरेको हो । 
यसरि दुई पटकको नेगेटिभ सर्किट लागेसँगै नेप्से परिसूचक ९६.०६ अंकले घटेर १४९५.३० को विन्दूमा सीमित बन्न पुगेको छ। ६ प्रतिशतले घटेर सर्किट लागेपछि आइतबारको सम्पूर्ण कारोर स्थगन गरिएको थियो । १ बजेर ३० मिनेट जादा रोकिएको बजार ९६ अंकले घटेर १४९५।३० अंकमा आइपुगेको छ । कारोबार रकम २ अर्ब १५ करोड रुपैयाँ बढी भएको छ ।
बजार यस्तो अवस्थामा पुग्दा हामी एक ब्रोकर हाउस पुगेका थियौँ । र लगानीकर्ताको प्रतिक्रिया पनि लियौँ । प्राय: सबै अन्यौलमा थिए । कोहि सार्है आशावादी देखिन्थे भने कोहि ‘बर्बाद हुने भयो’ भनेर चिन्तामा देखिन्थे ।  हेरौं माहोलका केहि तस्विरहरु : 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: