×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्राउण्ड जिरोमा ‘आशा र निराशा’ : सर्किट लागेर सेयर बजार बन्द हुँदा यस्तो देखियो ब्रोकर हाउसको माहोल ! (भिडियो)

PRIME CA

ग्राउण्ड जिरोमा ‘आशा र निराशा’ : सर्किट लागेर सेयर बजार बन्द हुँदा यस्तो देखियो ब्रोकर हाउसको माहोल ! (भिडियो)

अर्थ सरोकार

२० फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा ‘नेगेटिभ सर्किट ब्रेक’ लागेको छ । मध्यान्ह १२ः४६ मा नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि नेप्सेले पहिलो सर्किट लगाई ४० मिनेटका लागि कारोबार स्थगन गरेको थियो । तर, फेरी ४० मिनेटको स्थगनपछि खुलेको बजारमा केही मिनेटमै ६ प्रतिशत बढीको गिरावट आएसँगै नेप्सेले १ः२९ देखि अर्को सर्किट लगाउँदै सोमबारको कारोबार नै स्थगित गरेको हो । 

यसरि दुई पटकको नेगेटिभ सर्किट लागेसँगै नेप्से परिसूचक ९६.०६ अंकले घटेर १४९५.३० को विन्दूमा सीमित बन्न पुगेको छ। ६ प्रतिशतले घटेर सर्किट लागेपछि आइतबारको सम्पूर्ण कारोर स्थगन गरिएको थियो । १ बजेर ३० मिनेट जादा रोकिएको बजार ९६ अंकले घटेर १४९५।३० अंकमा आइपुगेको छ । कारोबार रकम २ अर्ब १५ करोड रुपैयाँ बढी भएको छ ।
बजार यस्तो अवस्थामा पुग्दा हामी एक ब्रोकर हाउस पुगेका थियौँ । र लगानीकर्ताको प्रतिक्रिया पनि लियौँ । प्राय: सबै अन्यौलमा थिए । कोहि सार्है आशावादी देखिन्थे भने कोहि ‘बर्बाद हुने भयो’ भनेर चिन्तामा देखिन्थे । हेरौँ ग्राउण्ड जिरो रिपोर्ट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: