Skip to content
LAXMI SUNRISE BANK

लगानीकर्ताको मागलाई सेबोनको समर्थन, सोमबारदेखि सेयर कारोबार बन्द ! (विज्ञप्तिसहित)

अर्थ सरोकार

काठमाडौँ । सोमबारदेखि सेयर कारोबार बन्द हुने भएको छ । धितोपत्र बोर्डको संचालक समितिको बैठकले सोमबारदेखि आइतबारसम्मका लागि सेयर कारोबार बन्द हुने निर्णय गरेको हो । 
लगानीकर्ताका विभिन्न संगठनहरुले पनि सेयर कारोबार बन्द गर्न दबाब दिइरहेका थिए। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा १ को खण्ड (घ) मा बोर्डको विशेष अधिकार अन्तर्गत लगानीकर्ताको हितलाई ध्यानमा राखी बोर्डले धितोपत्र बजारसँग परामर्श गरी धितोपत्र बजार बन्द गर्न आदेश दिने सक्ने व्यवस्था कार्यान्वयन गर्दै यस्तो निर्णय गरिएको धितोपत्र बोर्डले जनाएको छ।
सेयर कारोबार बन्द हुने सूचना पाएपछि लगानीकर्ताहरु खुसी देखिएका छन् । विपतका बेला यस्तो निर्णय भएकोमा सबैले सो निर्णयको स्वागत गरेका छन् ।  हेर्नुहोस् धितोपत्र बोर्डले जारी गरेको विज्ञप्ति :
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK