Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाइदिने बाहानामा १० लाख ५३ हजार रुपैयाँ लिई फरार रहेका एक युवक पक्राउ…

अर्थ सरोकार

काठमाडौँ – वैदेशिक रोजगारीका लागि दुबई पठाईदिने बाहानामा ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बागलुङका ३८ वर्षीय शिवकुमार घर्ती मगरलाई पक्राउ गरेको हो ।  मगरले १० लाख रुपैयाँ भन्दा बढी ठगी गरेको उजुरी परेपछि महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो । 
रोजगारीको प्रलोभनमा पारी ९ जनाबाट १० लाख ५३ हजार रुपैयाँ लिई उनी फरार भएका रहेका थिए ।उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK