Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाइदिने बाहानामा १० लाख ५३ हजार रुपैयाँ लिई फरार रहेका एक युवक पक्राउ…

अर्थ सरोकार

काठमाडौँ – वैदेशिक रोजगारीका लागि दुबई पठाईदिने बाहानामा ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बागलुङका ३८ वर्षीय शिवकुमार घर्ती मगरलाई पक्राउ गरेको हो ।  मगरले १० लाख रुपैयाँ भन्दा बढी ठगी गरेको उजुरी परेपछि महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो । 
रोजगारीको प्रलोभनमा पारी ९ जनाबाट १० लाख ५३ हजार रुपैयाँ लिई उनी फरार भएका रहेका थिए ।उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK