काठमाडौं – शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयर चैत १३ गतेबाट बिक्री खुला हुने भएको छ । कम्पनीले १०ः३ अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो हकप्रदमा फागुन १२ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउने छन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्ने भएको छ ।
कम्पनीको यो हकप्रदमा एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको शाखा कार्यलय पुतलिसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट आवेदन दिन सकिने । यस्तै, शिखर इन्सुरेन्सको सम्पूर्ण साखा कार्यलयबाट पनि आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न पाइनेछ ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो हकप्रदलाई सुरक्षित आधार जनाउने ‘ग्रेड ३’ प्लस रेटिङ दिएको छ । यसमा बैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ छ । हकप्रदपछि पुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्