
काठमाडौं । यतिबेला विश्वभर कोरोना भाइरस (कोभिड-१९)ले महामारीको रुप लिएको छ । व्यापार व्यवसाय देखि हरेक कुरामा ठप्प रहेका छन् । यस्तै सरकारले अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान आग्रह गरेको छ । सरकारले भने अनुसारनै आइतबारदेखि काठमाडौं उपत्यकाका अधिकांश व्यापारिक मलहरु बन्द भएका छन् । सरकारले अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द गर्न भने पछि काठमाडौं उपत्याकका व्यापारिक मलहरु आइतबारदेखि बन्द भएका हुन् ।
काठमाडौंका सिभिल मल, विशाल बजार, पिपुल्स प्लाजा, काठमाडौं मल, रञ्जना ट्रेड सेन्टर लगायतका मलहरु बन्द भएका हुन् । सिभिल मल व्यवसायी संघका अध्यक्ष रत्न घिमिरेले शनिबार औपचारिक निर्णय नै गरेर आइतबारदेखि सबै व्यवसाय बन्द गरिएको जानकारी दिए । यस्तै विशाल बजार तथा रन्जना ट्रेड सेन्टर पनि आइतबारदेखि बन्द भएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले मलहरुका साथै न्यूरोड, महावौद्ध लगायतका क्षेत्रका होलसेल पसलहरु पनि बन्द भएको बताए ।
कटुवालक अनुसार आज अधिकांश पसलहरु बन्द भईसकेका छन् । केहि पसल आज खुलेका छन् ती पनि भोलिबाट बन्द हुने ।’ उनले भने ‘अत्यावश्यक व्यवसायहरु भने बन्द हुँदैनन् ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्