Skip to content
LAXMI SUNRISE BANK

रुपन्देहीको खैरेनीमा पुग्यो सिद्धार्थ बैंक लिमिटेडको शाखा, १ सय ८५ स्थानमा पुग्यो सञ्जाल !

अर्थ सरोकार

काठमाडौं । सिद्धार्थ बैंकले रुपन्देहीको खैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुराउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।
उक्त शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १८५ (३ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटीएम र १६ सय भन्दा बढी पीसीओ मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK