बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल-पाल्पा सडक खण्ड दैनिक ८ घण्टाका लागि बन्द हुने भएको छ । उक्त सडक खण्ड चैत १ गतेदेखि १२ गतेसम्म दैनिक ८ घण्टा बन्द हुने भएको हो।
बढी घुम्तीका कारण दुर्घटना बढ्न थालेपछि १२ दिनसम्म आंशिकरुपमा भए पनि सडक बन्द गरेर घुम्ती कटान गर्न लागेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । राजमार्ग पुनःस्थापना तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत घुम्ती काट्न लागिएको हो । डिभिजन सडक कार्यालयका अनुसार, चैत १ गतेदेखि बिहान ७ देखि ९, दिउँसो १२ देखि ३ र राति ८ बजेदेखि ११ बजेसम्म सडक बन्द हुन लागेको हो।
सिद्धार्थ राजमार्ग भएर पाल्पा, बुटवल, स्याङ्जा, पोखरा, बाग्लुङ, पर्वत, गुल्मीलगायतका धेरै जिल्लामा दैनिक सयौँको सङ्ख्यामा सवारी साधन आवतजावत गर्दछन्। यसरी आवतजावत गर्दा सडक घुम्तीका कारण धेरैले ज्यान गुमाएको हुनाले उक्त सडक विस्तार गर्न लगिएको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्