
काठमाडौँ – कोभिड–१९ का कारण देशभर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको उपभोक्ताको गुनासो आइरहँदा तीन दिनमा ८७ हजार सिलिण्डर ग्यास बिक्री भएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले तीन दिनका अवधिमा ग्यास उद्योगीले निगमलाई उपलब्ध गराएको तथ्यांकानुसार शुक्रबार, शनिबार र आइतबार ८७ हजार ६ सय ३० सिलिण्डर बिक्री भएको जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार अपराह्न १ बजेसम्म उपभोक्तालाई भरी सिलिण्डर अर्थात् १४.२ किलोको दरमा वितरण गरिएको र १ बजेपछि आधा सिलिण्डर वितरण गरिएको थियो । शुक्रबार ३३ हजार ६ सय ५८, शनिबार १४ हजार १०८ सिलिन्डर र आइतबार ३९ हजार ८६४ सिलिण्डर ग्यास वितरण गरिएको उहाँले जानकारी दिनुभयो । औसतमा मासिक ३८ हजार टन ग्यास आयात हुँदै आएकामा मार्च महिना (फागुन १८ देखि चैत १५) हालसम्मकै उच्च अर्थात् ४५ हजार टन ग्यास आयात भएको निगमले जनाएको छ ।
निगमले उपभोक्ताले अनावश्यक रुपमा ग्यासको मौज्दात राखेको भन्दै आइतबार अपराह्न १ बजेपछि आधा सिलिण्डर मात्र ग्यास वितरण गर्न उद्योगलाई निर्देशन दिएको छ । निगमको निर्देशनानुसार अपराह्नपछि आधा सिलिण्डर मात्रा वितरण भएको ग्यास बिक्रेता महासंघले जनाएको छ । महासंघका कोषाध्यक्ष राजेश दाहालले सोमबारदेखि बजारमा ग्यासको सहज आपूर्ति भएको जानकारी दिनुभयो । ‘पहिलाभन्दा हाल केही सहज भएको छ, तर सबै ठाउँमा ग्यास पर्याप्त रुपमा पाइएको छैन’, उहाँले भन्नुभयो, ‘नेपाल ग्यासको अभाव अझै देखिन्छ ।‘
उपभोक्ताको समस्यालाई ध्यानमा राखी नेपाल ग्यासले बालाजु औद्यौगिक क्षेत्रबाट नै एक हजार सिलिण्डर ग्यास वितरण गर्ने भने पनि उक्त संख्याको ग्यास धेरै माग भएका डिपोमा पठाउँदा उपभोक्तालाई सहज हुने उहाँले तर्क राख्नुभयो । उपभोक्ता घरभित्रबाट बाहिर निस्कन सक्ने अवस्था उभएको र उद्योगवाट वितरण गर्दा प्रभावकारी नहुँदा गुनासो बढी आएको स्थानमा वितरण गर्न उहाँले आग्रह गर्नुभयो । निगमले हजारौंँको संख्यामा ग्यास सिलिन्डर वितरण गरेको जिरि गरे पनि सर्वसाधारणले भने अझै सहज रूपमा ग्यास पाएका छैनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्