नयाँदिल्ली – भारतको सबै भन्दा ठुलो २ बैंकले आफ्नो कर्मचारीलाई विशेष आर्थिक सुविधा दिने भएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि लगाइएको लकडाउनमा समेत काम गरेको भन्दै भारतको सबैभन्दा ठूलो बैंक स्टे बैंक अफ इण्डिया (एसबीआइ) र बैंक अफ बडौदाले आफ्नो कर्मचारीलाई विशेष आर्थिक सुविधा दिने लागेको हो ।
एसबीआइले लकडाउनका बेला पनि काम गरिरहेका कर्मचारीलाई अतिरिक्त तलव दिने घोषणा गरेको छ भने बैंक अफ बडौदाले प्रत्येक कर्मचारीलाई २ हजारका दरले नगद उपलब्ध गराउने भएको छ । एसबीआइले अतिरिक्त तलब २३ मार्चदेखि १४ अप्रिलसम्म काम गरेबापत दिन लागेको हो। यसको लाभ फ्रन्टलाइनमा बसेर काम गर्ने कर्मचारीले पाउने छन्।
एसबीआइ र बैक अफ बदौडाले कर्मचारीलाई सुविधा प्याकेज घोषणा गरेपछि अन्य बैंकले पनि प्याकेज दिने तयारी गरिरहेका छैन। जोखिम मोलेर कर्मचारीले बैंकिङ सुविधा दिइरहेको भन्दै आर्थिक प्याकेज दिन लागिएको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्