
काठमाडौँ । काठमाडौंबाट लुटपाटका लागि मकवानपुर पुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सीआरभी टोली पक्राउ परेको छ । मकवानपुरको पालुङमा प्रहरीका १ जना असई र २ जना जवान लुटपाट गर्न गएको समयमा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका असई सुरेन बस्याल र जवान हेमकान्त मगर तथा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी जवान वीरबहादुर बस्नेत रहेका छन् ।
घुमुवा प्रहरीले आर्थिक चलखेल गरेको गुनासो बढेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले एसपी रेवती ढकालको कमाण्डमा सीआरभी टोली खटाएका थिए । सोही टोलीका सदस्य लुटपाटका लागि गएको समयमा पक्राउ गरिएको हो ।
बस्नेतलाई घुमुवा प्रहरीको टोली परिवर्तन गर्दा हटाइएको भए पनि उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन र वनमन्त्री शक्तिबहादुर बस्नेतका भतिजा मुक्ति बस्नेतको सिफारिसमा पुनः सादा पोसाकमा खटाइएको थियो । उनीहरूको साथमा १ जना पत्रकारसमेत पक्राउ परेका छन् । पक्राउ परेका सुजन आचार्य आफुलाई ऋषि धमलाको सालो हुँ भन्दै विभिन्न ठाउँमा भन्दै आएका छन् । यस विषयमा प्रहरीले केहि समयपछि पत्रकार सम्मेलन गरी थप जानकारी गराउँदैछ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्