
यद्यपी उनले यो बहिर्गमनलाई व्यक्तिगत कारण देखाएका छन् । श्रीमतीको स्वास्थ्यको कारण देखाउंदै उनले बैंकबाट हात झिकेका छन् । यद्यपी केहि समय अगाडीको बोर्ड बैठकमा उनको कार्यक्षमतामाथि प्रश्न उठेको थियो । यसो त सीइओ भएकै दिनदेखि उनको कार्यशैली मन नपराउने संचालकहरु बोर्डमा थिए । यता बैंकले सन्तोष कोइरालालाइ सीइओ बनाउने तयारी गरेको छ । केहि समय कामु सीइओ बनाएर उनलाई नै फुल सीइओ बनाउने तयारी बैंकको छ । सन् १९९७ मा नेपाल एसबिआइ बैंकमा अधिकृतस्तरबाट बैंकिङ करियर सुरु गरेका शर्मा अस्थिर बैंकरका रुपमा चिनिन्छन् ।