काठमाडौं । ग्लोबल आइएमइ बैंक छोडेर माछापुच्छ्रे बैंकको सीइओ पदको कार्यभार सम्हालेका सुमन शर्माले माछापुछ्रे बैंक छोड्ने भएका छन् । शर्माले फागुन मसान्तबाट औपचारिक रूपमा राजिनामा दिएर बैंक छोड्ने भएका हुन्। उनी माछापुच्छ्रे बैंकमा सीइओ भएकै दिन अर्थ सरोकारले उनले कार्यकाल पूरा गर्ने कुरामा निकै बढी शंका भएको दावी गर्दै समाचार प्रकाशन गरेको थियो । ग्लोबल आइएमइ बैंक छोड्दै गर्दा विश्लेषण भएको उनको क्षमतालाई थप विश्लेषण गर्दै लेखिएको उक्त समाचारमा ठुलै बैंकका सीइओहरुले पनि त्यस्तो नहुने भन्दै अर्थ सरोकारको समाचारको आलोचना गरेका थिए । तर २३ महिनापछि अर्थ सरोकारले उनीबारे गरेको प्रक्षेपण पुष्टी भएको छ । संचालक समितिको दबाब सहन नसकेर उनले बैंक छोड्ने भएका छन् ।
यद्यपी उनले यो बहिर्गमनलाई व्यक्तिगत कारण देखाएका छन् । श्रीमतीको स्वास्थ्यको कारण देखाउंदै उनले बैंकबाट हात झिकेका छन् । यद्यपी केहि समय अगाडीको बोर्ड बैठकमा उनको कार्यक्षमतामाथि प्रश्न उठेको थियो । यसो त सीइओ भएकै दिनदेखि उनको कार्यशैली मन नपराउने संचालकहरु बोर्डमा थिए । यता बैंकले सन्तोष कोइरालालाइ सीइओ बनाउने तयारी गरेको छ । केहि समय कामु सीइओ बनाएर उनलाई नै फुल सीइओ बनाउने तयारी बैंकको छ । सन् १९९७ मा नेपाल एसबिआइ बैंकमा अधिकृतस्तरबाट बैंकिङ करियर सुरु गरेका शर्मा अस्थिर बैंकरका रुपमा चिनिन्छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्