
काठमाडौँ – सनसिटी अपार्टमेंट्स पेप्सीकोलामा केहि दिनअघि भएको सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनावमा तिलक बस्नेत अध्यक्ष रहेको प्यानल सबै पदमा अत्यधिक बहुमतले विजयी भएको छ। चुनावमा अध्यक्षमा विजयी तिलक बस्नेतले १७१ मत ल्याएका छन् भने अर्का उमेद्वार पुस्कर रेग्मीलाई ७० मत मात्र प्राप्त भएको छ । त्यस्तै उपाध्यक्षमा ज्योति बहादुर शाक्य १५९ भोट, सचिव तिलक राज खतिवडा १५९ र कोषाध्यक्षमा शुरेस कुमार अग्रवाल १५३ भोटल्याई बिजयी भएका छन्। निजहरुका प्रतिष्पर्धी रेग्मी प्यानलका उपाध्यक्ष उमेद्वार प्रताप सिंह तातेडले ८१ मत, सचिव उमेद्वार लक्ष्मी राज श्रेष्ठले ८३ मत र कोषाध्यक्ष उमेद्वार भास्कर कुमार दासले ९१ मत मात्र ल्याउन सके। विजयी अन्य सदस्यहरुमा मन्जित ढकाल, सावित्री खरेल पाण्डे, विकाश सर्राफ, अनुप कुमार अग्रवाल र मिना आचार्य रहेका छन्।
गोल्छा समुह प्रोमोटर रहेको सांग्रिला हाउजिङ्ग प्रालिले निर्माण गरेको सनसिटी अपार्टमेन्टमा कम्पनीको सांग्रिला हाउजिङ्गको आफ्नो संस्था र बासिन्दाहरुको आफ्नो छुट्टै संस्था रहदै आएको छ। सांग्रिला हाउजिङ्गले आफ्ना कर्मचारीहरु र विश्वासपात्र राखी दर्ता गरेको संस्था सनसिटी हाउजिङ्ग वेलफेयर सोसाइटीको आफ्नो संस्थामा अपार्टमेन्टका बासिन्दाहरु सदस्य छैनन्। संयुक्त आवासको स्वामित्व सम्बन्धी ऐन २०५४को दफा २४ मा आवास इकाईधनीहरुले आफूहरुमध्येबाट आवास व्यवस्थापन समिति दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ। सो कानुनी व्यवस्था अन्तर्गत सनसिटी अपार्टमेंट्सको व्यवस्थापन र प्रोजेक्ट हेन्डओभर लिन आवास इकाईधनीहरुले सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटी दर्ता गरेका हुन्।
सांग्रिला हाउजिङ्ग प्रालिको संस्था सनसिटी हाउजिङ्ग वेलफेयर सोसाइटीमा भएको अपारदर्शिता र अनियमितताबारे अर्थ सरोकारले यसअघि न्युजहरु ब्रेकिङ्ग गरेको थियो। आवास इकाईधनीहरुको संस्था सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीलाई सहि किर्ते गरी खारेजीमा लाने प्रयास यसअघि भएकोमा अर्थसरोकारको ब्रेकिङ्ग न्युजपछि सनसिटीवासीहरुको प्रयासमा जिल्ला प्रशासन कार्यालयमार्फत खारेजीको प्रकृया रोकी चुनावको प्रकृयामा गएको थियो। श्रोतका अनुसार खारेजीको प्रयास असफल भएपछि चुनाव मार्फत नै आवास इकाईधनीको संस्थामा कब्जा गर्ने मनसायले सांग्रिला हाउजिङ्ग प्रालिको संस्था सनसिटी हाउजिङ्ग वेलफेयर सोसाइटीका अध्यक्ष पुस्कर रेग्मी, महासचिव लक्ष्मी श्रेष्ठ र सदस्य सरिता दाहालले प्यानल बनाई सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीमा चुनाव लडेका थिए। सनसिटी हाउजिङ्ग वेलफेयर सोसाइटीले अहिले सम्मको आफ्नो आर्थिक विवरण सार्वजनिक गरेको छैन भने कोषाध्यक्ष नियुक्त भएका सांग्रिला हाउजिङ्ग प्रालिकाका लेखा कर्मचारी कमल भट्टराईको भाद्र ६मा राजिनामा पश्चात को कोषाध्यक्ष हो भन्ने जानकारी समेत लुकाइएको थियो।
हिजोको चुनावमा पुस्कर रेग्मीको प्यानल अत्यधिक मतले पराजित भएपछी सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीलाई बिल्डर सांग्रिला हाउजिङ्गसँग प्रोजेक्टको व्यवस्थापन र धनिपुर्जा हस्तान्तरणको प्रकृया अघिबढाउन मार्ग प्रशस्त भएको छ।
सनसिटी अपार्टमेंट्स सुबिधा र गुणस्तरका आधारमा नेपालको राम्रा अपार्टमेंट्समा पर्दछ। पाँच वर्षअघिको महाभुकम्पका बीचमा पनि सनसिटीमा नियमित रुपमा बासिन्दाहरु बसेका थिए। बजेट अपार्टमेंट्सका रुपमा रहेको सनसिटी अपार्टमेंट्समा परियोजना भित्र नै मन्दिर, जिम, स्विमिङ्ग पुल, कम्युनिटी हलजस्ता सुबिधा रहेको छ। श्रोत भन्छ, नयाँ कमिटी निर्वाचित भएपछि सनसिटीका सुविधामा थप सुधार हुने, प्रोजेक्टको कानुनी हस्तान्तरण हुने र अपार्टमेन्टहरुको खरिद बिक्रि मुल्य थप बढेर जानेमा हामी विश्वस्त छौ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्