×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले लकडाउन घोषणा गरिसक्दा सनराइज बैंकको दादागिरी, भन्यो, ‘हाम्रा सबै सेवा सुचारु छन्’ (विज्ञप्तिसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सरकारले लकडाउन घोषणा गरिसक्दा सनराइज बैंकको दादागिरी, भन्यो, ‘हाम्रा सबै सेवा सुचारु छन्’ (विज्ञप्तिसहित)

Artha Sarokar

१० चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ।  मंगलबारदेखि एक सातासम्म देश लकडाउन हुने भएको छ । आदेश अपहेलना गरे १ महिना कैद गर्ने कानूनी व्यवस्था रहेको अवस्थामा मंगलबारदेखि घरबाहिर निस्के एक महिना कैद हुन सक्नेछ । सरकारले संक्रामक रोगहरूको रोकथाम गर्ने व्यवस्था गर्न बनेको ऐन २०२० अनुसार देशभर सर्वसाधारणलाई घरबाहिर ननिस्कन आदेश दिएको हो ।
तर सरकारले यस्तो निर्णय गरेको झन्डै ३ घण्टापछी बेलुकी ९:२५ मा सूचना निकालेर सनराइज बैंकले आफ्ना सेवा सुचारु हुने बताएको छ । बैंकका सीइओ जनक शर्मा पौड्यालको फोटो सहित बैंकको आधिकारिक फेसबुक पेजमा आएको सूचनाले सरकारी निर्णयलाई ठाडो चुनौतीमात्र दिएको छैन, बरु घुमाउरो पाराले जनतालाई बैंकमा सेवा लिन आउ भनेको छ। 
यस्तो संकटका बेला बैंकको सेवाबाहेक केहि नदेख्ने अटेरी सीइओलाई के कारवाही हुन्छ, त्यो भने हेर्न बाँकी नै छ । 
यता नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भने कुनै पनि बैंकका शाखा नखोल्ने बताईसकेका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी