
काठमाडौँ। मंगलबारदेखि एक सातासम्म देश लकडाउन हुने भएको छ । आदेश अपहेलना गरे १ महिना कैद गर्ने कानूनी व्यवस्था रहेको अवस्थामा मंगलबारदेखि घरबाहिर निस्के एक महिना कैद हुन सक्नेछ । सरकारले संक्रामक रोगहरूको रोकथाम गर्ने व्यवस्था गर्न बनेको ऐन २०२० अनुसार देशभर सर्वसाधारणलाई घरबाहिर ननिस्कन आदेश दिएको हो ।
तर सरकारले यस्तो निर्णय गरेको झन्डै ३ घण्टापछी बेलुकी ९:२५ मा सूचना निकालेर सनराइज बैंकले आफ्ना सेवा सुचारु हुने बताएको छ । बैंकका सीइओ जनक शर्मा पौड्यालको फोटो सहित बैंकको आधिकारिक फेसबुक पेजमा आएको सूचनाले सरकारी निर्णयलाई ठाडो चुनौतीमात्र दिएको छैन, बरु घुमाउरो पाराले जनतालाई बैंकमा सेवा लिन आउ भनेको छ।
यस्तो संकटका बेला बैंकको सेवाबाहेक केहि नदेख्ने अटेरी सीइओलाई के कारवाही हुन्छ, त्यो भने हेर्न बाँकी नै छ ।
यता नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भने कुनै पनि बैंकका शाखा नखोल्ने बताईसकेका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्