×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अस्पतालमा नर्सहरुको प्रश्न : सरकारले नपाएको पिपिइ सनराइज बैंकले कसरी पायो ? जवाफ दिन मान्दैन बैंक !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अस्पतालमा नर्सहरुको प्रश्न : सरकारले नपाएको पिपिइ सनराइज बैंकले कसरी पायो ? जवाफ दिन मान्दैन बैंक !

Artha Sarokar

१५ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सनराइज बैकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ हस्तान्तरण गरेको छ । बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले सनिबार टेकुस्थित अस्पताल पुगि पिपिइ हस्तान्तरण गरेका हुन् । बैकले पुन प्रयोग गर्न सकिने र एक पटक मात्र प्रयोग गर्न सकिने गरी दुई प्रकारका पिपिइ हस्तान्तरण गरेको छ । बैकले अस्पताललाई उपलब्ध गराएका पिपिइमा ५ थान पुन प्रयोग गर्न सकिने र २० थान एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्रकारका छन् । 

कोरोना भाइरसका शंकास्पद विरामीको परीक्षणका लागि चिकित्सकले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ पर्याप्त नभएका कारण उपचार तथा परीक्षण नै प्रभावित भईरहका बेला बैकले पिपिइ उपलब्ध गराएको हो । बैकले काठमाण्डौ बाहेक ६ वटा प्रादेशिक अस्पतालमा पनि २५ थानका दरले पिपिइ उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत शर्माले जानकारी दिए । बैकले वीर अस्पताललाई पनि २५ थान पिपिइ उपलब्ध गराएको छ । सनिबार बिहान प्रमुख कार्यकारी अधिकृत पौडेल वीर अस्पताल पुगी अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीलाई पिपिइ हस्तान्तरण गर्नुभएको हो । अस्पताललाई उपलब्ध गराईएको पिपिइमा ५ थान पुन प्रयोग गर्न मिल्ने र २० थान पुन प्रयोग गर्न नमिल्ने छन् ।
नर्सहरुको प्रश्न : ‘सरकारले नपाएको पि पिइ सनराइज बैंकले कसरी पायो ?’
तर हस्तान्तरण कार्यक्रम सकिएर फर्कंदै गर्दा अस्पतालकि नर्सले पत्रकारलाई प्रश्न गरिन्, ‘सरकारले नपाएको पिपिइ सनराइज बैंकले कसरी पायो, तपाईं पत्रकारहरुले खोजी गर्नुपर्दैन ?’ झट्ट सुन्दा आवेगजस्तो लागेपनि उनको प्रश्नमा दम थियो । सरकारी अस्पताल ले नै भने जति पिपिइ उपलब्द गराउन नसक्दा सनराइज बैंकसँग १५० बढी पिपिइ कसरी पुग्यो ? के सनराइज बैंकलाई महँगोमा बेच्न पल्किएको भेन्डरले सरकारी अस्तपाललाई पिपिइ नदिएर कालोबजारी त गरेको छैन ? स्वाभाविक प्रश्न उठेको छ । ‘ठुला सरहरु लिने भनेपछि नलिने कुरा पनि भएन । तर यो ब्रान्डीङका नाममा ‘कालोबजारी हो । मिडिया बोलाएर, फोटो खिचाएर पिपिइ दिने हो र ? साच्चै सहयोग गर्नेले त सिधै दिए भइहाल्यो नि !’ त्यसमाथि १५० बढी पीपीइ एउटा बैंकसँग पुग्नु गलत भएन र ?’ उनले भनिन् । उनले भनेजस्तै बैंकबाट आएका कर्मचारीहरु सेकेन्ड नै पिच्छे फोटो खिचिरहेका थिए । सामान दिन भन्दा पोज दिन हतार गरिरहेका थिए बैंकका कर्मचारी  !
बोल्नै मान्दैन बैंक !
यस विषयमा बुझ्न हामीले बैंकका सूचना अधिकारी अपच यादवलाई फोन गर्यौँ । तर उनको फोन उठेन । त्यसपछि हामीले सीइओलाई जनक शर्मा पौड्याललाई फोन गर्यौं । तर उनले पनि फोन उठाएनन् । त्यसपछि हामीले सीएसआर हेर्ने एक कर्मचारीलाई सोध्यौं । उनले बैंकको उच्च व्यवस्थापनले भेन्डरसँग ‘म्यानेज’ गरेको बताए । सरकारलाई सिधै नदिने तर बैंक लाई समान बेच्ने त्यो भेन्डर को हो भन्नेबारे भने उनले खुलाएनन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी