
काठमाडौँ। मंगलबारदेखि एक सातासम्म देश लकडाउन हुने भएको छ । आदेश अपहेलना गरे १ महिना कैद गर्ने कानूनी व्यवस्था रहेको अवस्थामा मंगलबारदेखि घरबाहिर निस्के एक महिना कैद हुन सक्नेछ । सरकारले संक्रामक रोगहरूको रोकथाम गर्ने व्यवस्था गर्न बनेको ऐन २०२० अनुसार देशभर सर्वसाधारणलाई घरबाहिर ननिस्कन आदेश दिएको हो ।
तर सरकारले यस्तो निर्णय गरेको झन्डै ३ घण्टापछी बेलुकी ९:२५ मा सूचना निकालेर सनराइज बैंकले आफ्ना सेवा सुचारु हुने बताएको छ । बैंकका सीइओ जनक शर्मा पौड्यालको फोटो सहित बैंकको आधिकारिक फेसबुक पेजमा आएको सूचनाले सरकारी निर्णयलाई ठाडो चुनौतीमात्र दिएको छैन, बरु घुमाउरो पाराले जनतालाई बैंकमा सेवा लिन आउ भनेको छ।
यस्तो संकटका बेला बैंकको सेवाबाहेक केहि नदेख्ने अटेरी सीइओलाई के कारवाही हुन्छ, त्यो भने हेर्न बाँकी नै छ । यता नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भने कुनै पनि बैंकका शाखा नखोल्ने बताईसकेका छन्।
यसैबीच सनराइज बैंकको उक्त पत्रमा ग्राहकहरुले कडा प्रतिक्रिया दिएका छन् । एक कमेन्टमा त सीइओलाई काउन्टरमै आएर बस्न भन्नुपर्नेसमेत भनिएको छ । यो कमेन्टलाई धेरैले आक्रोशका रुपमा लिएका छन् । 

यता बैंकका अधिकारीले भने ब्राण्ड हेर्ने सुमन थापाको लापरवाहीका कारण सीइओले गाली खानुपरेको बताएका छन् । अर्थ सरोकारको समाचारपछी सम्पर्कमा आएका सनराइजका ती कर्मचारीले सुमन थापा नाम गरेका कर्मचारीको लापरवाहीका कारण गलत काम भएको दावी गरेका छन् ।
‘तपाईंहरुको न्युज एकदम सहि छ । तर सीइओको गल्ती छैन । सुमनजी बढी जान्ने हुँदा समस्या आयो। ‘ उनले भने । यसो त सनराइज बैंकका कर्मचारीले पटक पटक आफ्ना सीइओलाई फसाउँदै आएका छन् । यस अघि पनि श्रेया नाम गरेकी एक कर्मचारीले एक मिडियालाई पठाएको मेल पछी झुक्किएर गएको भनेपछि करार ऐन अनुसार कारवाही गरी पाउँ भनी सीइओ र उनीविरुद्ध अदालतमा मुद्धासमेत पर्दैछ । मुद्धा दर्ता गराउन जिल्ला अदालत गएकै दिन अदालत बन्दको सूचना देखेपछि उक्त काम अहिले रोकिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper









प्रतिक्रिया दिनुहोस्