×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको दादागिरी विरुद्ध फलोअप-३ : गाली गरेको कमेन्ट हटाउने बैंक संकटका बेला भ्रामक सूचना किन हटाउँदैन ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सनराइज बैंकको दादागिरी विरुद्ध फलोअप-३ : गाली गरेको कमेन्ट हटाउने बैंक संकटका बेला भ्रामक सूचना किन हटाउँदैन ?

१२ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। मंगलबारदेखि एक सातासम्म देश लकडाउन हुने भएको छ । आदेश अपहेलना गरे १ महिना कैद गर्ने कानूनी व्यवस्था रहेको अवस्थामा मंगलबारदेखि घरबाहिर निस्के एक महिना कैद हुन सक्नेछ । सरकारले संक्रामक रोगहरूको रोकथाम गर्ने व्यवस्था गर्न बनेको ऐन २०२० अनुसार देशभर सर्वसाधारणलाई घरबाहिर ननिस्कन आदेश दिएको हो ।
तर सरकारले यस्तो निर्णय गरेको झन्डै ३ घण्टापछी सोहि बेलुकी ९:२५ मा सूचना निकालेर सनराइज बैंकले आफ्ना सेवा सुचारु हुने बताएको छ । बैंकका सीइओ जनक शर्मा पौड्यालको फोटो सहित बैंकको आधिकारिक फेसबुक पेजमा आएको सूचनाले सरकारी निर्णयलाई ठाडो चुनौतीमात्र दिएको छैन, बरु घुमाउरो पाराले जनतालाई बैंकमा सेवा लिन आउ भनेको छ। 
यस्तो संकटका बेला बैंकको सेवाबाहेक केहि नदेख्ने अटेरी सीइओलाई के कारवाही हुन्छ, त्यो भने हेर्न बाँकी नै छ । जबकी बैंकका केहि निश्चित शाखामात्र खोल्ने र जनतालाई सकेसम्म घरमै बस्न आग्रह चौतर्फी रुपमा भइसकेको छ। 
यसैबीच सनराइज बैंकको उक्त पत्रमा ग्राहकहरुले कडा प्रतिक्रिया दिएका थिए । एक कमेन्टमा त सीइओलाई काउन्टरमै आएर बस्न भन्नुपर्नेसमेत भनिएको छ । यो कमेन्टलाई धेरैले आक्रोशका रुपमा लिएका थिए । सनराइज बैंकले भ्रामक सूचना हटाउनुको सट्टा उक्त  कमेन्टचाहिं हटाएको छ । सीइओलाई गाली गरेको भन्दै बैंकका कर्मचारीले उक्त कम्नेट हटाएका हुन् । संकटका बेला गलत सूचना दिएको भन्दै अहिले सो बैंकको चौतर्फी आलोचना भइरहेको छ ।   
यता बैंकका अधिकारीले भने ब्राण्ड हेर्ने सुमन थापाको लापरवाहीका कारण सीइओले गाली खानुपरेको बताएका छन् । अर्थ सरोकारको समाचारपछी सम्पर्कमा आएका सनराइजका ती कर्मचारीले सुमन थापा नाम गरेका कर्मचारीको लापरवाहीका कारण गलत काम भएको दावी गरेका छन् ।
‘तपाईंहरुको न्युज एकदम सहि छ । तर सीइओको गल्ती छैन । सुमनजी बढी जान्ने हुँदा समस्या आयो। ‘ उनले भने । यसो त सनराइज बैंकका कर्मचारीले पटक पटक आफ्ना सीइओलाई फसाउँदै आएका छन् । यस अघि पनि श्रेया नाम गरेकी एक कर्मचारीले एक मिडियालाई पठाएको मेल पछी झुक्किएर गएको भनेपछि करार ऐन अनुसार कारवाही गरी पाउँ भनी सीइओ र उनीविरुद्ध अदालतमा मुद्धासमेत पर्दैछ । मुद्धा दर्ता गराउन जिल्ला अदालत गएकै दिन अदालत बन्दको सूचना देखेपछि उक्त काम अहिले रोकिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: