
काठमाडौँ । सनराइज बैकले नेपाली सेनाको सैनीक अस्पतालका लागि व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ हस्तान्तरण गरेको छ । बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले मंगलबार भद्रकालिस्थित नेपाली सेनाको कार्यालयमा सैनिक कल्याणकारी कोषका प्रमुख सागर बहादुर केसी र सैनिक अस्पतालका डाक्टर नरेन्द्र बहादुर केसीलाई हस्तान्तरण गरेका हुन् । त्यसैगरी, पञ्जा, मास्क लगायतका सामाग्री पनि बैकले उपलब्ध गराएको छ । सैनिक अस्पतालका डाक्टर नरेन्द्र बहादुर केसीले बैकले उपलब्ध गराएको व्यक्तिगत सुरक्षा सामाग्री पिपिई लगायतले विरामीको स्वास्थ्य उपचारमा ठूलो मद्द्त पुग्ने बताउनुभयो । बैकले यसअघि टेकु अस्पताल, विरअस्पताल, नेपाल प्रहरीको अस्पतालको साथै सबै प्रादेशिक अस्पतालहरुमा पिपिइ, मास्क लगायतका सामान सहयोग स्वरुप उपलब्ध गराईसकेको छ ।
यसअघि सनराइजका सीइओले मास्क खोलेर लापरवाही गरेको भन्दै आलोचना भएको थियो । त्यसलाई उनले यसपाली सुधारेका छन् । उनी सामान दिनभन्दा फोटो खिच्न हतारिएको तस्विर अर्थ सरोकारले प्रकाशन गरेपछि उनको चर्को आलोचना भएको थियो । यसपाली उनी सो कुरामा पनि सतर्क बनेका छन् । यद्यपी सरकारले पीपीइ नपाएका बेला सरकारी अस्पताललाई पीपीइ नदिने भेन्डरसंग बैंकले महँगो मूल्यमा सोहि समान किनेर दिएको भन्दै बैंकको चौतर्फी आलोचना भइरहेको छ । यस विषयमा उनले कुनै पनि प्रतिक्रिया नदिनुले पनि ‘दालमा केहि कालो छ’ भन्ने शंकालाई बढावा दिएको छ ।





Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्