×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइजका सिइओलाई स्वास्थ्यभन्दा फोटोको चिन्ता ? क्यामरा खुल्ने बितिकै मास्क पनि खोले !

PRIME CA

सनराइजका सिइओलाई स्वास्थ्यभन्दा फोटोको चिन्ता ? क्यामरा खुल्ने बितिकै मास्क पनि खोले !

१६ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

 काठमाडौँ । पाटन अस्पतालमा पिपिइ बाँड्ने कार्यक्रम थियो । जब बोल्ने पालो आयो सनराइजका सीइओले मास्क खोलेर टेबलमा राखे, क्यामरा तिर हेरे र बोल्न थाले । जब आफ्नो बोल्ने पालो सकियो, त्यसपछि मास्क बन्द गरे । जबकी डाक्टरहरुले मास्क लाएरै बोलिरहेका थिए । कुरा उनको स्वास्थ्यको मात्र होइन, अरुको स्वास्थ्यको पनि हो । दैनिक विभिन्न अस्पतालमा हिंडिरहेका उनलाई यस्तो गर्दा जोखिम हुन्न ?’ गम्भीर प्रश्न उठेको छ ।
यता बैंकले पिपिइ बाँडेको कुरा नै विवादमा परिसकेको छ । सरकारी अस्पतालले त्यहि पीपीइ नपाउन, अनि बैंकले पर्नेभन्दा महँगोमा किनेर त्यहि चीज पुन: अस्पताललाई वितरण गर्दा घुमाउरो पाराले कालोबजारियाहरुलाई पोसेको आरोप बैकलाई लागिसकेको छ ।
यद्यपी बैंक यस विषयमा बोल्न चाहिरहेको छैन । हामीले पटक पटक यस विषयमा बुझ्न बैंकका सूचना अधिकारी र सीइओ स्वयमलाई पनि फोन गर्दा पनि उनीहरु यस विषयमा प्रतिक्रिया दिन मानिरहेका छैनन् । सरकारलेसम,समेत मास्क लाउन भन्दै सचेतना सन्देश फैलाईरहेका बेला बैंकका सीइओको यस्तो लापरवाहीले कोरोना संक्रमणको कुरामा बैंक कतिसम्म लापरवाही गरिरहेको छ भन्ने कुरा प्रष्ट हुन्छ ।
यस अघि सरकारले लकडाउन गर्दा पनि सनराइजका सीइओले यसलाई उल्लङ्घन गर्दै आफ्नो बैंकका सबै सेवा सुचारु हुने सन्देश फेसबुकमार्फत दिएर सरकारी निर्णयलाई च्यालेन्ज गर्ने दुष्प्रयास गरेका थिए ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: