×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजबाट सुपथ मूल्य पसल सञ्चालनमा, यी ५ स्थानहरुबाट सजिलै समान पाइने…!

PRIME CA

आजबाट सुपथ मूल्य पसल सञ्चालनमा, यी ५ स्थानहरुबाट सजिलै समान पाइने…!

७ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारले शुक्रबार (आज)देखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण बजार असामान्य बनेपछि आम सर्वसाधारणहरुको सहजताका लागि उक्त पसल संचालन गर्न लगिएको हो ।
सरकारले उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहज रूपमा उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको जनाएको छ । काठमाडौं उपत्यकाका सतुंगल, कालिमाटी, कोटेश्वर, बनेपा र भक्तपुरमा सुपथ मूल्य पसल सञ्चालन हुने बताइएको छ । उक्त पसलमार्फत चामल, दाल, नुन, चिनी, ग्यास र इन्डक्सन चुल्हो बिक्री गर्ने सरकारको योजना छ । 
सरकारले देशभरकै जिल्लामा अहिले भइरहेको कालोबजारी र कृत्रिम अभाव नियन्त्रणमा ल्याउनका लागि उक्त पसल संचालनमा ल्याउन लागेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: