काठमाडौं – सूर्या लाइफ इन्स्योरेन्सको ३९ हजार १०० कित्ता संस्थापक सेयर आज (मंगलबार, चैत ४ गते) बाट पुनः बिक्री खुल्ला भएको छ । एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर यसअघि दुईपटक बिक्री खुला गर्दा पनि सबै सेयर नबिकेपछि तेस्रो पटक पुनः बिक्रीमा ल्याइएको हो ।
कम्यपनीले यो सेयरमा आवेदन दिनका लागि न्यूनतम भाउ २५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य तोकेर बोलपत्र पेश गर्न सक्नेछन् । न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । साथै, १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन पाइनेछ ।
एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयबाट पनि बोलपत्र पेश गर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्