काठमाडौँ । भ्रष्टाचारको आरोप लागेपछि स्वास्थ्यमन्त्रीले राजिनामा दिन लागेको चर्चा सुरु भएको छ । विशेषगरी विभिन्न मन्त्रीनिकट मानिएका सञ्चारकर्मीमाझ यो चर्चा चलेको हो । मेडिकल सामग्रीको आपूर्ति तथा कारोबार गर्ने व्यवसायीहरूको संस्था रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल सरकारले बजारभाउभन्दा बढी मूल्यमा सामग्री खरिद गरेको दाबी गरेको बेला निश्चित व्यवसायीसँगको मिलेमतोमा खरिद प्रक्रिया अघि बढाइएको भन्दै स्वास्थ्यमन्त्रीको भण्डाफोरमा विभिन्न समूह लागेपछि सरकार अलोकप्रिय हुने डरले उनलाई राजिनामा गराईनयाँ स्वास्थ्यमन्त्री नियुक्त गर्ने विषयमा पनि कुरा उठेको चर्चा सुरु भएको छ ।
तर भ्रष्टाचारको आरोप सहेरै पनि तत्काल मन्त्री परिवर्तन गर्ने पक्षमा सरकार नरहेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यको दाबी छ । तर यस्तो विपतका बेला प्रतिपक्षले फेरि यसलाई नै ‘इस्यू’ बनाउन सक्ने कुरालाई ध्यानमा राख्दै उनलाई राजिनामा दिन लगाउने विषयमा प्रचण्ड र प्रधानमन्त्री ओलीबीच छलफल भएको चर्चा सुरु भएको हो । तर प्रचण्ड र ओलीबीच यस विषयमा के छलफल भयो भन्ने यकिन कुरा बाहिर भएको छैन ।
भ्रष्टाचारको आरोप लागेपनि स्वास्थ्यमन्त्रीले भने यस विषयमा स्पष्टीकरण दिनुनपर्ने अभिव्यक्ति दिइरहेका छन् भने मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भ्रष्टचार नभएको दाबी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्