
काठमाडौं । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)ले ट्रेकिङ सम्बन्धि सबै काम बन्द गर्ने निर्णय गरेको छ । विश्वभर कोरोना भाइरस (कोभिड-१९) महामारीका रुपमा फैलिएपछि जोखिम नियन्त्रण गर्न टानले ट्रेकिङ सम्बन्धि सबै काम बन्द गर्ने निर्णय गरेको हो ।
यसो त कोरोना नेपालमा आइपुगेको छैन तर विश्वका अधिकांश देशमा भने पुगिसक्यो । यसैबीच सरकारले पनि विभिन्न कुरामा प्रतिबन्ध लागेको छ । पछिल्लो समय पर्यटन क्षेत्र अवस्थासमेत उक्त भाइरसका कारण भयावह बनेको थियो । सोही कारण कार्यालयनै बन्द गर्नु परेको टानले जनाएको छ । टानका महासचिव सरिता लामाले कोरोनाका कारण नेपालभरका सम्पूर्ण ट्रेकिङ ब्यवसायी बन्द गर्न लागेको बताएकी छिन । उनले अर्को सुचना नआएसम्मको लागि बन्द गर्ने गरि नेपाल पर्यटन बोर्ड र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र काटीसकेको जानकारी दिएकी हुन् ।
साथै सरकारले घोषणा गरेको नियमलाई पालना गर्नलाई उक्त कार्यले सहयोग पुग्ने टानको विश्वास रहेको छ । हाल विश्वमा १० हजार भन्दा बढी उक्त भाईरसका कारणले मृत्यु भईसकेको अवस्थामा ट्रेकिङ ब्यवसायीहरुले पर्यटकलाई गाउँगाउँ पुर्याउनु झन महामारी फैलने भएकाले सम्पूर्ण ट्रेकिङ कार्यालयहरुसँगै टानको कार्यालयसमेत बन्द गरेको टानले जानकारी दिएको छ । अहिले अवस्था नाजुक बन्दै गएको र अब गाउँ गएर बस्नुको विकल्प नभएको महासचिव लामाको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्