×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लकडाउन अपडेट : कालीमाटी बजारमा तरकारी कुहियो, फलफूल त छँदै छैन, भएको तरकारी सार्है महँगो (फोटो-कथा)

काठमाडौँ । आज देश लकडाउन भएको पाँचौ दिन । सडक सुनसान छ नागरिक आफ्नो घर कोठामा छन् । सडकमा अत्याबश्यक बाहेकका सवारी साधन गुडेका छैनन् । आवश्यकता,पीडा र आभावका बीच जनताले सरकारलाई सहयोग गरेका छन् । यता तरकारी उत्पादक किसान, बिक्रेता र ग्राहक बीच सम्बन्ध टुटेको छ । किसानको तरकारीजन्य उत्पादन धेरै त खेतबारी टनेलमा छन् । 
बजार आएको पनि पसलमा नै थन्किएको छ । अर्को तर्फ ग्राहक उपभोक्ताले तरकारी फलफूल पाएका छैनन, पाए पनि महँगो मूल्यमा खरिद गर्नु परेको छ । काठमाडौँ उपत्यकाको तरकारीको थोक बिक्रि केन्द्र रहेको कालिमाटी बजारमा भने तरकारी कुहिन थालेको छ । बिहान २ बजे देखि ६ बजे सम्म खरिद बिक्रि गर्न निश्चित समय तोकिए पछि काठमाडौँ आएको तरकारी राम्रो सँग बिक्रि भएको छैन । लामो सँग बिक्रि नभएको हरियो तरकारी कुहिएर फाल्नुपरे पछि काठमाडौँ महानगरले कीटनासक औषधी छर्कनु परेको छ । 
स्थानीय किसानको तरकारी बजार आउन नपाएको तर भारतबाट आउने तरकारी निर्वाध बजार सम्म आएको स्थानीय बिक्रेताले गुनासो पनि गरेका छन् । यस्तै बल्खु तरकारी बजारमा भने केहि चहलपहल देखिएको छ तर गुनासो भने उस्तै छ तरकारी बिक्रि भएको छैन । तरकारी कुहिएर जान थालेपछि मूल्य भने बढेको छ । कुहिएर बाँकी रहेको तरकारी बाट परलमोल उठाउन बिक्रेताले मूल्य बढाएको ग्राहकले गुनासो गरेका छन् । सरकारले तरकारी बजारमा भएको तरकारी उपभोक्ता सम्म पुर्याउन छुट्टै संयन्त्र बनाउनु पर्ने देखिन्छ । 


 



 
 
 
 
 
 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: