×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाविरुद्ध लड्दै सचेत र अनुशासित नेपालीहरु, तरकारी पसलहरु जे देखियो, गज्जब देखियो… (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोनाविरुद्ध लड्दै सचेत र अनुशासित नेपालीहरु, तरकारी पसलहरु जे देखियो, गज्जब देखियो… (भिडियो)

Artha Sarokar

१८ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कोरोना संक्रमण फैलावटबाट बच्नका लागि तरकारी बजारहरुले पनि थप सर्तकता अपनाएका छन् । सरकारले लकडाउनको समयमा पनि तरकारी लगायतका अत्यावश्यक सामाग्रीका पलस खोल्न अनुमति दिएकाले बिहान सांझ सर्वसाधरणको तरकारी बजारमा भीड बढ्न थालेपछि बजार व्यवस्थापन समितिहरुले थप सर्तकता अपनाउन थालेका हुन् । 
उनीहरुले कम्तिमा ३ फिट टाढा बस्नुपर्ने नियमलाई पालना गर्न गराउनका लागि तीन फिटको दुरीमा सेतो गोलो घेरा लगाएका छन् । तरकारी किन्न जाने सबैले सो गोलो घेरामा बसि तरकारी लिनुपर्ने हुन्छ । समाजकल्याण परिषद्द्धारा सञ्चालित काठमाण्डौको भृकुटीमण्डपस्थित इच्छुमति कृषि तरकारी बजारमा प्रवेशद्धार र बाह्यद्धार भिन्ना भिन्नै बनाईएको छ । 
एउटा गेटबाट प्रवेश गरेका ग्राहक सोहीगेट बाट फर्कन पाउने छैनन् । साथै तरकारी बजार व्यवस्थापन समितिले बनाएको सेतो गोलो घेराभन्दा बाहिर बस्न पाउने छैनन् । सांझ बिहान तरकारी किन्ने ग्राहकहरुको भीड अत्याधिक हुन थालेपछि सामाजिक दुरी कायम गराउनका लागि व्यवस्थापन समितिले निश्चित मापदण्ड बनाएको हो । धेरै भिड भएको अवस्थामा गेटमा नै सुरक्षा गार्डले ग्राहकलाई सडकमै दुरी कायम गरि लामबद्ध गराउनेछन् । तरकारी बजारको गेटमा सुरक्षाकर्मीले सुरक्षा सर्तकता सम्बन्धी सन्देश पनि प्रवाह गरिरहेका हुन्छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी