×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सचेत छन् नेपाली जनता, यसरी अनुशासित बन्दैछ तरकारी बजार… (फोटो कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सचेत छन् नेपाली जनता, यसरी अनुशासित बन्दैछ तरकारी बजार… (फोटो कथा)

Artha Sarokar

१८ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कोरोना संक्रमण फैलावटबाट बच्नका लागि तरकारी बजारहरुले पनि थप सर्तकता अपनाएका छन् । सरकारले लकडाउनको समयमा पनि तरकारी लगायतका अत्यावश्यक सामाग्रीका पलस खोल्न अनुमति दिएकाले बिहान सांझ सर्वसाधरणको तरकारी बजारमा भीड बढ्न थालेपछि बजार व्यवस्थापन समितिहरुले थप सर्तकता अपनाउन थालेका हुन् । उनीहरुले कम्तिमा ३ फिट टाढा बस्नुपर्ने नियमलाई पालना गर्न गराउनका लागि तीन फिटको दुरीमा सेतो गोलो घेरा लगाएका छन् । 
तरकारी किन्न जाने सबैले सो गोलो घेरामा बसि तरकारी लिनुपर्ने हुन्छ । समाजकल्याण परिषद्द्धारा सञ्चालित काठमाण्डौको भृकुटीमण्डपस्थित इच्छुमति कृषि तरकारी बजारमा प्रवेशद्धार र बाह्यद्धार भिन्ना भिन्नै बनाईएको छ । एउटा गेटबाट प्रवेश गरेका ग्राहक सोहीगेट बाट फर्कन पाउने छैनन् । साथै तरकारी बजार व्यवस्थापन समितिले बनाएको सेतो गोलो घेराभन्दा बाहिर बस्न पाउने छैनन् । 
सांझ बिहान तरकारी किन्ने ग्राहकहरुको भीड अत्याधिक हुन थालेपछि सामाजिक दुरी कायम गराउनका लागि व्यवस्थापन समितिले निश्चित मापदण्ड बनाएको हो । धेरै भिड भएको अवस्थामा गेटमा नै सुरक्षा गार्डले ग्राहकलाई सडकमै दुरी कायम गरि लामबद्ध गराउनेछन् । तरकारी बजारको गेटमा सुरक्षाकर्मीले सुरक्षा सर्तकता सम्बन्धी सन्देश पनि प्रवाह गरिरहेका हुन्छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी