×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्याक्सी चालकहरुको आन्दोलन सफल, ‘टुटल-पठाओलाई सेवा रोक्न’ सरकारले निकाल्यो यस्तो धम्कीपूर्ण सूचना !

PRIME CA
GLOBAL IME BANK

ट्याक्सी चालकहरुको आन्दोलन सफल, ‘टुटल-पठाओलाई सेवा रोक्न’ सरकारले निकाल्यो यस्तो धम्कीपूर्ण सूचना !

२८ फाल्गुन २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । टुटल र पठाओको केहि समयको लफडा साम्य हुन नपाउँदै फेरी लफडा सुरु भएको छ । सरकारले विभिन्न प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी दिएर सूचना निकालेसँगै यो लफडा पुन: सुरु भएको हो । यातायात व्यवस्था विभागले मंगलबार राती सूचना जारी गर्दै कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने जानकारी दिएको छ ।
ट्याक्सी व्यवसायी तथा चालकले टुटल र पठाओलाई कानून विपरित सेवा प्रदान गर्न छुट दिइएको भन्दै बुधबार विभाग घेराउ गरेका थिए । ट्याक्सी सञ्चालकहरुको दबावमा विभागले मंगलबार राती नै सूचना जारी गरेको हो ।विभागले कानून मिचेर सञ्चालनमा रहेका सवारीमाथि तत्कालै कारबाही थालिने स्पष्ट गरेको छ ।
२०७५ माघमा विभागले यस्तै कारवाही थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै कारबाही रोक्न र निजी सवारीलाई भाडामा यात्रु बोक्न दिन निर्देशन दिएका थिए । त्यसपछि ट्याक्सी चालकहरुले आन्दोलन सुरु गरेका थिए । 
यता उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रिय सदस्य तथा लेखा समिति संयोजक विष्णु चौहान टुटल र पठाओमा नाममा निजी सवारीले भाडाका यात्रु बोकेकाले सरकारले कार्वाही गर्नुपर्ने बताए । ‘हामी सरकारले सिलबन्दी गरेको मिटरमा हिँडेका छौं, ४-४ महिनामा कर तिरेर रुट पर्मिट लिन्छौं, ६-६ महिनामा जाँचपास गर्छौं, तर निजी सवारीले यात्रु बोकिरहेका छन् जुन कानुन विपरित पनि छ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: