
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चैत २८ र २९ गतेका लागि तोकेको निर्वाचन स्थगित गरेको छ । बिहिबार महासंघको स्थायी समितिले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमणको जोखिम रोकथामका लागि महासंघले २८ र २९ गतेका लागि तोकेको वार्षिक साधारण सभा स्थगित गरी अब आगामी जेठ ७ र ८ गते गर्ने निर्णय भएको बताईएको छ ।
यस्तै बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले २५ जना भन्दा बढी भेलामा प्रतिवन्ध लगाएको छ भने सभा सम्मेलन नगर्न पनि आग्रह गरेको छ । बिहिबारबाट सुरु हुने भानिएको एसईई परिक्षा स्थगित भएको छ भने विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा स्थगित गरिएको छ । लोक सेवा आयोगले पनि चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्