×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड इदी–मर्दी एण्ड आर वि हाइड्रोपावरको ४ लाख २० हजार कित्ता आईपीओे चैत्र १० गतेदेखि आउँदै, क-कसले पाउँछ भर्न ?

PRIME CA

युनाइटेड इदी–मर्दी एण्ड आर वि हाइड्रोपावरको ४ लाख २० हजार कित्ता आईपीओे चैत्र १० गतेदेखि आउँदै, क-कसले पाउँछ भर्न ?

३ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – युनाइटेड इदी–मर्दी एण्ड आर वि हाइड्रोपावरको ४ लाख २० हजार कित्ता आईपीओे चैत्र १० गतेदेखि आउने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ४ करोड २० लाख रुपैयाँ बराबरको आईपीओे कास्की जिल्लाको स्थानिय बासिन्दाका लागि जारी गर्न लागेको हो । यसपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीको उक्त आइपिओमा बिक्री प्रवन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने छन् । युनाइटेड इदी मर्दीको आइपीओमा एनएमबि बैंक, गण्डकी विकास बैंक र कैलाश विकाश बैंकको पोखरास्थित हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ भने पोखरा फाइनान्सको माछापुच्छ्रे गाउँपालिका शाखाबाट पनि आवेदन दिन सकिनेछ । 
कम्पनीको यस आइपीओमा न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म भर्न पाउने छन् । यो आईपीओमा चैत्र २४ गतेसम्म आबेदन दिन पाउने छन् । तर, तोकिएको समयसम्म आवश्यक अनुसार आईपीओ नभरेमा यसमा बैशाख ९ गते सम्म आवेदन दिन सकिनेछ । यस  आइपिओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ दिएको छ । हाल यस कम्पनीले कास्कीमा ७ मेगावाट अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: